कोरोना विशेषज्ञ डाक्टर एन्थोनी फाउचीलाई ज्यान मार्ने धम्की « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कोरोना विशेषज्ञ डाक्टर एन्थोनी फाउचीलाई ज्यान मार्ने धम्की


२३ श्रावण २०७७, शुक्रबार


काठमाडाडौं । अमेरिकाका कोरोनाभाइरसका वरिष्ठ विशेषज्ञ तथा ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले आफूले धम्की पाइरहेको बताएका छन् ।

अमेरिकामा कोरोनाभाइरससँग जुध्नका लागि के–के गरिँदैछ भन्ने विषयमा सार्वजनिक रुपमा आफ्नो कुरा राखेका कारण यस्तो समस्या देखा परेको उनले बताएका छन् ।

उनी आफुलार्ए मात्र नभइ उनका छोरीहरुलाई समेत तनाव दिइएको उनको भानाइ छ ।

उनले भने, ‘मलाई र मेरो परिवारलाई हत्या गरिदिने धम्की आइरहेको छ । साथै, छोरीहरुलाई यतिसम्मको तनाव दिइयो कि मैले आफ्नो लागि सुरक्षाकर्मी राख्नुपर्यो । यो त आफैंमा गज्जबको कुरा हो ।’

उनी भन्छन्, पूर्ण रुपमा स्वास्थ्यसँग जोडिएको मामिलामा मैले राखेका धारणाका कारण मलाई ज्यान मार्ने धम्की आउँछ भनेर कहिल्यै कल्पनासमेत पनि गरेको थिइनँ ।’
उनलाई ज्यन मार्ने धम्की दिने व्यत्ति को हुन उनले खुलाउन चाहेका छैनन् ।

कोरोना महामारीका बेला डाक्टर एन्थोनी फाउचीले अत्यधिक पहिचान पाएका छन् । उनले थुप्रै पटक कोरोनाभाइरसको विषयमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग आफ्नो असहमति पनि सार्वजनिक गरिसकेका थिए ।

स्रोतः बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस