लेबननको दुर्घटनाप्रति राष्ट्रपतिद्वारा शोक व्यक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लेबननको दुर्घटनाप्रति राष्ट्रपतिद्वारा शोक व्यक्त


२२ श्रावण २०७७, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानका राष्ट्रपति मिसेल आओनलाई आज एक सन्देश पठाउँदै बेरुतमा शक्तिशाली विष्फोटबाट अमूल्य जीवन र भौतिक सम्पत्ति नाश भएकामा गहिरो दुःख व्यक्त गरेकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले समकक्षी आओनलाई विस्फोटमा ज्यान गुमाएकाका परिवारजन, लेवनान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना, सहानुभूति र ऐक्यबद्धता प्रकट गरेकी छन् ।

शोकको यस घडीमा विष्फोटमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी उद्धारका प्रयास सफल हुने चाँडोभन्दा चाँडो त्यहाँको अवस्था पूर्ववत्रुपमा सामान्य बन्ने विश्वास सन्देशमा व्यक्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस