यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय


२२ श्रावण २०७७, बिहिबार


काठमाडौँ । सरकारले रुग्ण उद्योग सम्बन्धमा सुझाव लिन ५ सदस्यीय समिति गठन गरेको छ ।

साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योग पहिचान, वर्गीकरण, पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने गरी दीपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सुशील भट्टलाई नियुक्त गर्ने, बेरुजु फर्छ्यौट मूल्याङ्कन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने लगायत १८ वटा निर्णय गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

मन्त्रिपरिषद् बैठकका विस्तृत निर्णय

प्रतिक्रिया दिनुहोस