भारतको गुजरात अस्पतालमा आगलागी, आठ कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ११ कार्तिक २०७८, बिहिबार
   

भारतको गुजरात अस्पतालमा आगलागी, आठ कोरोना संक्रमितको मृत्यु


२२ श्रावण २०७७, बिहिबार


नयाँदिल्ली । भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइरहेका आठ जना कोरोनासंक्रमित बिरामीको मृत्यु भएको छ ।

गुजरातको राजधानी अहमदाबादस्थित श्रेय अस्पतालमा बिहीबार बिहानै आगलागी शुरु भएको थियो । उक्त घटनालगत्तै त्यहाँ उपचारार्थ भर्ना भएका अरु ४१ जना कोभिड–१९ का बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरित गरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै आगलागीको उक्त घटनाबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन्। उनले पीडितहरुलाई जतिसक्दो सहायता गर्न सरकार तत्पर रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस