तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु


२१ श्रावण २०७७, बुधबार


तनहुँ । करेन्ट लागेर आज दिउँसो तनहुँमा एक युवकको मृत्यु भएको छ ।

व्यासनगरपालिका–४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

व्यासनगरपालिका–१ विज्ञानचौरस्थित पिताम्बर थापाको घरमा वल्डलिङ्कको नेट जोड्ने क्रममा उक्त घट्ना भएको हो । करेन्ट लागेर सख्त श्रेष्ठको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा लैजाँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस