पर्सामा सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पर्सामा सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि


२१ श्रावण २०७७, बुधबार


काठमाडौं । पर्सामा सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ ।

पर्साको पोखरिया नगरपालिका–८ घर भइ वडा नं ९ स्थित मामागरमा बस्दै आएकी ती युवतीको सोमबार मृत्यु भएको हो ।

ज्वरो र पखालाको समस्या देखिएपछि वीरगञ्जको नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।

नेशनल मेडिकल कलेजमा उनको सोमबार नै श्वाव संकलन गरी परीक्षणका लागि नारायणि अस्पतालको प्रयोगशाला पठाइएको थियो । उनको मंगलबार राती कोरोना पोजेटिभ भएको रिपोर्ट आएको हो ।

प्रतिक्रिया दिनुहोस