पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह


१९ श्रावण २०७७, सोमबार


काठमाडौं । आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अन्य स्थानमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । विभागले आज राति प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

यसैबीच, भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस