बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल, स्थायी कमिटी अनिश्चित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल, स्थायी कमिटी अनिश्चित


प्रशासन संवाददाता

१८ श्रावण २०७७, आइतबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच करिब ४ घण्टा लामो सम्वाद सकिएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा नेकपाभित्रको विवाद समाधानबारे छलफल भएको थियो । प्रधानमन्त्रीको एकल निर्णयबाट स्थगित भएको नेकपा स्थायी कमिटी बैठक आह्वान गर्ने विषयमा पनि नेताहरुले छलफल गरेको स्रोतले जानकारी दियो ।

आजको बैठकले अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठ बोलाउनुपर्ने बताएका थिए । तर, जवाफमा प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए ।

त्यस्तै बैठकमा दुवै पक्ष लचिलो भएर जाने सहमति भएको बैठकमा सहभागी नेता झलनाथ खनालले जानकारी दिए । नेता खनालले स्थायी कमिटी बैठक बोलाउनुपर्ने आफूहरुको अडान कायमै रहेको जानकारी दिए । उनले बैठक पुनः बस्ने बताए ।

असार १८ गतेबाट स्थगित हुँदै नेकपा स्थायी कमिटी बैठक एक महिना पुग्दा पनि बस्न सकेको छैन् । बहुमत स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि विवादित बनेको नेकपाभित्रको विवाद दुई अध्यक्षबीचको निरन्तरको वार्ता र संवादबाट पनि टुंगोमा पुग्न सकेको छैन् ।

Tags :
प्रतिक्रिया दिनुहोस