काठमाडौंबाट फर्किएका तनहुँका कर्मचारीमा कोरोना संक्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौंबाट फर्किएका तनहुँका कर्मचारीमा कोरोना संक्रमण


१८ श्रावण २०७७, आइतबार


पोखरा । काठमाडौँबाट फर्किएका तनहुँका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन २ गतेदेखि ८ काठमाडौँ बसेर फर्किएका आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिका कार्यालय ३ दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाका कर्मचारी र अन्य केही सम्पर्कमा आएका २६ जनाको स्वाब लिएर परीक्षणका लागि पठाइएको छ ।

कार्यालयमा विदा लिएर काठमाडौं आएका उनले परिवारका सदस्य, आफन्त र अन्य गरी धेरै जनासँग ती कर्मचारीले भेटघाट गरेकाले ट्रेसिङ भईरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस