नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा बार्ता, खनाल र नेम्वाङ सहभागी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा बार्ता, खनाल र नेम्वाङ सहभागी


१८ श्रावण २०७७, आइतबार


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पार्टीमा विद्यमान रहेको असहमतिबारे सहमतिको प्रयास गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार बार्तामा जुटेका छन् ।

साउन १३ गते निर्धारीत स्थायी समिति बैठक  पहिलो बरियताका अध्यक्ष केपी ओलीले एकतर्फी रुपमा स्थगित गरे यता दुई अध्यक्षबीच वार्ता भएको थिएन । आजको वार्तामा नेता झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ पनि सहभागी छन् ।

अध्यक्ष तथा प्राधनमन्त्री ओलीका तर्फबाट संसदीयदलका उपनेता सुवासचन्द्र नेम्वाङलाई र अर्का अध्यक्ष प्रचण्डका तर्फबाट सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राखेका हुन् । प्रधानमन्त्रीको सचिवालयबाट दिइएको जानकारीअनुसार विहान १० बजेदेखि दुई अध्यक्षबीचको वार्ता शुरुभएको हो । पार्टीमा कायम रहेको गतिरोध अन्त्य गर्ने उद्देश्यले वार्ता भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए ।

दुई अध्यक्षले आफ्नो पक्षका नेताहरुसँग निरन्तर छलफल र संवादमा रहेका भएपनि अध्यक्षद्वयबीच भने नियमित वार्ता र संवाद हुन सकेको छैन । लामो समयपछि आज भइरहेको वार्ताबाट केही न केही सहमतिको विकल्प निस्कनेमा नेकपाका नेताहरु आशावादी बनेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस