पर्सामा ४५ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पर्सामा ४५ जना कोरोना संक्रमित थपिए


१८ श्रावण २०७७, आइतबार


वीरगञ्ज । पर्सामा ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ३१ जना पुरूष र १४ जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ वर्षकी बालिकादेखि ६२ वर्षका पुरूषसमेत रहेका छन् ।

अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायका अनुसार शनिबार राति संक्रमण पुष्टि भएका ४५ मा मास ट्रेसिङ र स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएकाहरु रहेका छन् । मास ट्रेसिङमा पिसिआर जाँच गराएका २९ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।

यो संगै पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको नारायणी अस्पतालका डा. उदय नारायण सिंह बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस