सभामुख सापकोटा सहित सचिवालय र सुरक्षा टोलीको कोरोना नभएको पुष्टि « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सभामुख सापकोटा सहित सचिवालय र सुरक्षा टोलीको कोरोना नभएको पुष्टि


१८ श्रावण २०७७, आइतबार


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा सहित उनको सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना नभएको पुष्टि भएको छ ।

सभामुख सापकोटाको स्कर्टिङमा प्रयोग हुने एउटा सवारी साधनको चालकमा कोरोना पोजेटिभ देखिएपछि सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरुको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको रिपोर्ट नेगेटिभ आएको हो ।

शनिबार राति अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिएको सभामुखको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस