‘अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउन सक्छौं’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउन सक्छौं’


१७ श्रावण २०७७, शनिबार


वासिङ्टन । अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिएका हुन् । उनले भनेका छन् – हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकले प्रतिबन्ध लगाउन पनि सक्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन– हामीले यो विषयको तयारी गरेका छौँ, हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ ।

अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागेको छ । त्यसैले अमेरिकाले यस टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा शुरु भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई आएको हो ।
यसअघि जुलाईको पहिलो सातामा नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको भनाई राखेका थिए ।

त्यसको करिब महिना दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई आएको प्राप्त समाचारमा जनाइएको छ । रासस÷एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस