विश्वभर कोरोना संक्रमण फैलिने क्रम तिव्र, २४ घण्टामा २ लाख ९२ हजारभन्दा धेरै संक्रमित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्वभर कोरोना संक्रमण फैलिने क्रम तिव्र, २४ घण्टामा २ लाख ९२ हजारभन्दा धेरै संक्रमित


१७ श्रावण २०७७, शनिबार


काठमाडौं । विश्वभर कोरोना संक्रमण तिव रुपले फैलिरहेको छ ।

शुक्रबार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ९२ हजार ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार एकैदिन यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो ।

यसअघि २४ जुलाईमा २ लाख ८४ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार सबैभन्दा धेरै संक्रमित फेला परेका देशहरुमा ब्राजिल, अमेरिका, भारत, दक्षिण अफ्रिका र कोलम्बिया छन् ।

ब्राजिलमा ६९ हजार ७४, अमेरिकामा ६५ हजार ४ सय ६, भारतमा ५५ हजार ७८, दक्षिण अफ्रिकामा ११ हजार ४६ र कोलम्बियामा ८ हजार ६ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस