मेलम्चीको पानी आपुर्तिमा अब मङ्सिरमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मेलम्चीको पानी आपुर्तिमा अब मङ्सिरमा


१६ श्रावण २०७७, शुक्रबार


काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी आपूर्ति दिने समय कम्तीमा थप दुई महिना ढिला हुने देखिएको छ ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट)को संरचना र जडानमा पुनर्विचार गरिने भएकाले पुर्वनिर्धारीत समयभन्दा दुई महिना ढिलो हुने भएको हो।

यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता र दुई जना घाइते हुने गरी भएको घटनाको प्राविधिक अध्ययन समितिले डिजाइनिङ र जडानमा पुनः समीक्षा गर्नुपर्ने सुझाव दिएको छ । यसका कारण आयोजनाले पानी आपूर्ति दिने समय कम्तीमा थप दुई महिना ढिला हुने देखिएको छ । पूर्वनिर्धारित समयअनुसार आगामी असोजमा आउने भनिएको मेलम्ची अब कम्तीमा दुई महिना पर धकेलिएको छ ।

समितिले अकस्मात् खुलेको गेटसँगै थप दुईवटा गेटको समीक्षा गर्न सुझाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए । उनका अनुसार गेटको ‘नटबोल्ट फेल’ भएर खुल्यो । त्यस कारण डिजाइन र जडानको प्राविधिक पक्षलाई समीक्षा गर्नुपर्ने भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस