सुनको मूल्य एक लाख नजिक, तोलाको ९९ हजारमा कारोबार « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य एक लाख नजिक, तोलाको ९९ हजारमा कारोबार


१५ श्रावण २०७७, बिहिबार


सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको मुल्य बढेको महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको मुल्य पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस