सिंहदरवारका कर्मचारीको कोरोना परीक्षण गरिँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवारका कर्मचारीको कोरोना परीक्षण गरिँदै


१४ श्रावण २०७७, बुधबार


काठमाडौँ । सिंहदरवारका कर्मचारीको कोरोना परीक्षण गरिँदै छ ।

देशको प्रमुख प्रशासिन केन्द्र सिंहदरवारस्थित विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरूको मङ्गलवार(आज) कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिन लागेको हो ।

सिंहदरवारभित्रका कर्मचारीको अवस्था के कस्तो रहेको छ ? भन्ने अध्ययनका लागि विभिन्न मन्त्रालयका  बढी जनसम्पर्कमा रहने कर्मचारीको नामावली संकलन गरी स्वाव लिन लागिएको हो । संकलित नामावलीहरुमध्येबाट केहीको स्याम्पलिङका रूपमा परीक्षण गरिने बताएको छ । सिंहदरवारभित्र सेन्ट्रल क्यान्टिन र प्रहरी वृत्त अगाडीको खाली ठाउँमा स्वाब सङ्कलन हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस