दोलखामा भिरबाट खसेको ढुँगाले लागेर महिलाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दोलखामा भिरबाट खसेको ढुँगाले लागेर महिलाको मृत्यु


प्रशासन संवाददाता

१३ श्रावण २०७७, मंगलबार


काठमाडौं । दोलखामा घरमाथि रहेको भिरबाट खसेको ढुँगाले लागेर एक महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान घरमाथि रहेको पाखाबाट खसेको ढुंगाले लागेर विगु गाउँपालकिा–४ सिंगटीका ३५ वर्षीया रेणु थामीको मृत्यु भएको हो ।

घरभित्र काम गरिरहेको समयमा भिरपाखाबाट खसेको ढुँगाले घरको जस्तापाता र गारो भत्किन गई च्यापिन पुग्दा थामी गम्भीर घाइते भएकी थिइन् ।’

घरदेखि ५ सय मिटरमाथि पाखाबाट अचानक खसेको ढुंगाले लागेर गम्भिर घाईते भएकी रेणुलाई  स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

मृतकको शव पोष्टमाार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस