रेडियो नेपालको कार्यकारी निर्देशकमा केसी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रेडियो नेपालको कार्यकारी निर्देशकमा केसी


१२ श्रावण २०७७, सोमबार


काठमाडौँ । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सञ्चार मन्त्रालयद्वारा सिफारिस गरिएका तीन जनामध्ये केसीलाई निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

खुला प्रतिस्पर्धामार्फत गरिएको छनोटबाट कार्यकारी निर्देशक नियुक्त केसी रेडियो नेपालकै नायव कार्यकारी निर्देशक थिए।

रेडियो नेपालको इतिहासमा पहिलो पटक कार्यरत कर्मचारीबाटै कार्यकारी निर्देशक बन्न सफल केसी व्यवसायिक कर्मचारीका रुपमा चिनिन्छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस