सुनको मुल्यमा दिनप्रति दिन नयाँ रेकर्ड, आज पनि तोलमा १२ सयले बढ्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मुल्यमा दिनप्रति दिन नयाँ रेकर्ड, आज पनि तोलमा १२ सयले बढ्यो


१२ श्रावण २०७७, सोमबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गरेको छ । आज पनि सुनको मुल्य तोलामा १२ सयले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रहेको छ भने तेजावी सुन ९७ हजार ६० पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी एकै दिन १०५ रुपैयाँले बढेर तोलामा १२ सय १० कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस