कालापानी–लिम्पियाधुरामा नेपाली प्रवेश रोक्न भारतले पठायो नेपाललाई पत्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कालापानी–लिम्पियाधुरामा नेपाली प्रवेश रोक्न भारतले पठायो नेपाललाई पत्र


१२ श्रावण २०७७, सोमबार


काठमााडौं । भारतको धार्चुला जिल्ला प्रशासनले नेपालको दार्चुला जिल्ला प्रशासनलाई पत्र पठाई कालापानी, लिम्पियाधुरा तथा गुञ्जी क्षेत्रमा नेपालीको प्रवेश रोक्न आग्रह गरेको छ । भारतले गुन्जी, कालापानी र लिम्पियाधुरा लगायतका क्षेत्र भारतको भएको दावी गर्दै उक्त क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न दार्चुला जिल्ला प्रशासनलाई आग्रह गरेको हो ।

भारतको धार्चुला जिल्ला प्रशासनले पठाएको पत्रमा भनिएको छ, ‘विभिन्न नेपाली गुट/समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्, अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’

हालै नेपालले कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो भनी दाबी गरेको छ ।

कालापानी नजिकै छाङ्रुमा नेपाल सरकारले सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ । हालै त्यहाँ नजिक सडकको ट्र्याक खोल्ने काम भइरहेको छ ।

यसैगरी हेलिकप्टरमार्फत ब्यास गाउँपालिका वडा नम्बर १ छाङ्रु र टिङ्करमा एक–एक सय क्विन्टल चामल पुर्याइएको थियो । यस्तै हेलिकप्टरमार्फत् छाङ्रुको गागा भन्ने स्थानमा झोलुङ्गे पुलका सामान पनि पुर्याइएको छ । यसैगरी माथिल्लो कौवा भन्ने ठाउँमा सुरक्षा पोष्ट राख्ने तयारीसमेत गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस