कोरोनाबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ४५ पुग्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोनाबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ४५ पुग्यो


१० श्रावण २०७७, शनिबार


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो ।

बाराको परवानीपुर ८ की १७ वर्षिया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

बुधबार स्वास्थ्यमा समस्या आएपछि वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा आरडिटी पोेजेटिभ देखिएको र त्यसलगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाव संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो ।

किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पाखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस