लागुऔषधसहित तीन युवक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लागुऔषधसहित तीन युवक पक्राउ


१० श्रावण २०७७, शनिबार


जलेश्वर । लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा मनरासिस्वा नगरपालिका–४ का २६ वर्षीय नवीन मण्डल, वडा नं ५ का १९ वर्षीय राजीव कापर र जनकपुर उपमहानगरपालिका-८ का ३२ वर्षीय जीतेन्द्र झा रहेको प्रहरीले जनाएको छ ।

प्र.२–०३००६प ८०९० नम्बरको मोटरसाइकलमा चढी मनरासिस्वा-१ स्थित स्वास्थ्यचौकी नजिकै आएपछि शङ्का लागेर प्रहरीले जाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट कोरेक्स झोल–१५ बोतल, डाइजोमपाम ट्याब्लेट ६९ वटा पिस र पेमाडोल ट्याब्लेट ४० पिस लागुऔषध बरामद गरेको हो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस