गजेन्द्रनारायण सिंह अस्पतालका १४ कर्मचारी क्वारेन्टिनमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गजेन्द्रनारायण सिंह अस्पतालका १४ कर्मचारी क्वारेन्टिनमा


१० श्रावण २०७७, शनिबार


काठमाडौं । गजेन्द्रनारायण सिंह अस्पतालका १४ कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । अस्पतालमा भर्ना भएका एक बिरामीमा कोराना संक्रमण पुष्टि भएपछि १४ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको हो ।

विष खाएर उपचारका लागि अस्पताल पुर्याइएका तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरुषमा शुक्रबार संक्रमण पुष्टि भएको थियो । उनको आकस्मिक कक्षमा उपचार भइरहेको थियो । उपचारमै हुँदा उनको कोरोना रिपोर्ट पनि पोजेटिभ देखिएको थियो ।

ती बिरामीमा कोरोाना पुष्टि भएपछि आकस्मिक कक्षमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीसहित १४ जनालाई क्वारेन्टिनमा राखिए हो । उनीहरुलाई राजविराजस्थित एक होटलको क्वारेन्टिनमा राखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस