गुणस्तरहीन पानी उत्पादन गर्दै आएको पानी उद्योग कारवाहीमा, दुई लाख जरिवाना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गुणस्तरहीन पानी उत्पादन गर्दै आएको पानी उद्योग कारवाहीमा, दुई लाख जरिवाना


१० श्रावण २०७७, शनिबार


नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो ।

कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि रु दुई लाख जरिवाना गरेको छ । अनुगमन टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर सुधार गरी पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएको सो कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस