सहकारीमा ऋणको भाखा ६ महिनादेखि एक वर्ष सार्न सकिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सहकारीमा ऋणको भाखा ६ महिनादेखि एक वर्ष सार्न सकिने


९ श्रावण २०७७, शुक्रबार


काठमाडौँ । कोरोनाले व्यवसायीलाई पारेको असरलाई लक्षित गर्दै सहकारी विभागले नयाँ निर्देशन जारी गरेको छ।

जसअनुसार कोरोनाबाट प्रभावित व्यवसायीको असुल हुन नसकेको ऋणको भाखा अवधि सहकारीले नै ६ महिना पछाडि सार्न सक्नेछन्।

२०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवा तथा ब्याजको अवधिलाई व्यवसायमा परेको असर मूल्याङ्कन गरी सञ्चालक समितिले बढीमा ६ महिनासम्म भाखा सार्न सकिने व्यवस्था विभागले गरेको छ। तर ६ महिनाभन्दा बढी १ वर्षसम्म नियामकको पूर्व स्वीकृति लिएर भाखा सार्न सकिने निर्देशनमा उल्लेख छ।

त्यस्तै साँवा र ब्याजको भुक्तानी म्याद थप गरेबापत ऋणी सदस्यबाट ब्याज, अतिरिक्त शुल्क तथा जरिवाना लिन नपाउने व्यवस्था विभागले गरेको छ।

गत आर्थिक वर्षको असुली हुन बाँकी ब्याज रकमलाई साउन महिनाभर प्राप्त भएमा पनि गत आर्थिक वर्षकै आम्दानी मानी रेखाङ्कन गर्न चाहेमा एक पटकका लागि सहकारीलाई छुट हुने भएको छ।

महामारीको समयमा संस्थामा जोखिम व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन सञ्चालक समितिका पदाधिकारी संयोजक, र व्यवस्थापन प्रमुख सदस्य रहने गरी कम्तीमा ३ जनाको जोखिम व्यवस्थापन कार्यदल गठन गर्न विभागले निर्देशन दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस