कञ्चनपुरमा २६ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कञ्चनपुरमा २६ जनामा कोरोना सङ्क्रमण


८ श्रावण २०७७, बिहिबार


धनगढी । कञ्चनपुरका २६ जनामा बिहीबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५८ स्वाब नमूना परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको हो । पाँच महिला र २१ जना पुरुषको कोरोनो भाइरस पोजिटिभ रिपोर्ट आएको अस्पतालले जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये तीन महिलासहित १३ जना शुक्लाफाँटा नगरपालिकाका रहेका छन् । यस्तै, बेल्डाँडी गाउँपालिकाका ८ जना र दुई महिलासहित पाँच जना बेलौरी नगरपालिकाका रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस