थप ४ प्रहरी अधिकारीमा कोरोना पुष्टि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थप ४ प्रहरी अधिकारीमा कोरोना पुष्टि


८ श्रावण २०७७, बिहिबार


काठमाडौं । प्रदेश प्रहरी कार्यालय विराटनगरका थप ४ प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार ११ जना प्रहरी अधिकारीको स्वाब परीक्षण गरिएकोमा ४ प्रहरी अधिकारीको रिपोर्ट पोजेटिभ आएको  प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बुधबार एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । थप १५० जनाको स्वा संकलन गरी परीक्षणका लागि पठाइने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस