२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँठ क्षेत्रमा लागू भएन सार्वजनिक सवारीको सिट नियम

अ+ अ-

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा आधा कम मात्र यात्रु राख्न पाउने नियम बनाए पनि राजधानीको काँठ क्षेत्रमा लागू हुन सकेको छैन । चार महिना लामो बन्दाबन्दी मङ्गलबार अन्त्य भएपछि धेरै मानिस बाहिर निस्कन थालेका छन् ।

सुन्दरीजलबाट रत्नपार्क चल्ने बा३ख ६२३ नं को सार्वजनिक यातायातले जोरपाटीसम्म यात्रु उभ्याएर ल्याएको यात्रु सुरेन्द्र श्रेष्ठले बताए । सिट क्षमताभन्दा आधा कम मात्र यात्रु चढाउने नियम सरकारले लगाएको छ भनी सम्झाउँदा मानिस जान खोज्छन् भन्ने जवाफ परिचालकले दिएको उनले बताए।

चक्रपथभित्र फाट्टफुट्ट मात्र चलेका सार्वजनिक सवारीमा नियमअनुसार नै यात्रु बसेका छन् । राजधानीकै काँठ क्षेत्रका नगरपालिकामा फाट्टफुट्ट चलेका सवारीले यात्रु ओसार्दा सिट क्षमताको आधामात्र यात्रु राख्ने नियमको ट्राफिक प्रहरीले अनुगमन गरेको छैन । चक्रपथभित्र बाहिर सिट भरिएपछि पनि यात्रु कुरेर चालकले समय बिताउँछन् । ट्राफिक प्रहरीले अनुगमन गर्ने भनिए पनि सबैतिर हुन सकेको छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता वामदेव गौतम काँठ क्षेत्रमा कम जनशक्ति भएका कारण अनुगमन हुन नसकेको स्वीकार छन् । ‘टोखामा पाँच, बूढानीलकण्ठमा चार जनामात्र ट्राफिक प्रहरी छन्, यसअघि मुख्य शहरमै ट्राफिक प्रहरी केन्द्रित गरिएकामा आजदेखि सार्वजनिक यातायातमा सामाजिक दूरी अनुगमन टोली मोटरसाइकलमा खटाइएको छ’, उनले भने ।

यस्तो टोली, साँखु, गोकर्ण, भैँसेपाटीलगायत उपत्यकाका काँठ क्षेत्रमा पठाइएको हो । अनुगमनका क्रममा सिट क्षमताको आधाभन्दा बढी यात्रु राखेको पाइएमा तत्काल सार्वजनिक सवारीलाई नियन्त्रणमा राख्ने आदेश दिइएको महाशाखाले जनाएको छ ।

अनुगमनका क्रममा मङ्गलबार उपत्यकामा १८ सार्वजनिक यातायात र २७७ निजी सवारीलाई नियन्त्रणमा लिइएको प्रवक्ता गौतमले सुनाए। समातिएका सवारीलाई दिनभर नियन्त्रणमा लिएर बेलुकी ८ बजे भोलिपल्टदेखि दूरी कायम गरेर यात्रु चढाउने शर्तमा छोड्ने गरेको महाशाखाले जनाएको छ ।रासस