२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरुद्ध खोपको सफल परीक्षण, डब्लुएचओले दियो बधाई

अ+ अ-

काठमाडौँ । अक्सफोर्ड विश्व विद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको सफल परीक्षण भएको छ । १ हजार ७७ जनामा परीक्षण गरिएको उक्त खोपले कोरोनासँग लड्न र रोग प्रतिरोधी क्षमतालाई बढाउने काम गरेको थियो ।

उक्त खोपको प्रयोग पछि शरीरले कोरोनासँग लड्नुका साथै शरीरमा एन्टीबडी र टीसेलहरु बनाउन सफल भएको थियो । यो खोपले कोरोना सङ्क्रमण विरुद्ध सुरक्षा प्रदान गर्न पर्याप्त छ छैन भनेर थाहा पाउन अझै समय लाग्ने बताइएको छ ।

उक्त खोपको नाम ‘सीएचएओएक्सवान एन कोभिड–१९’ राखिएको छ । यो खोप चिम्पान्जीहरूमा रुघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार गरिएको हो । उक्त भाइरसलाई मानिसमा सङ्क्रमण फैलाउन नसक्ने गरी सुधार गरिएको छ । यसलाई भाइरस जस्तै प्रकृतिको देखिने गरी बनाइएको छ ।

एन्टीबडी भनेको शरीरको प्रतिरक्षा क्षमताको भाग हो । एन्टीबडी तटस्थ पार्दा कोरोना भाइरस निष्क्रिय हुन सक्छन् । टी सेल भनेका श्वेत रक्तकोषहरु हुन् । यी कोषहरूले शरीरको प्रतिरक्षा प्रणालीलाई समन्वय गर्ने काम गर्छन् । त्यस्तै यी कोषहरूले शरीरका कुन भागमा रोगको सङ्क्रमण छ भनेर पत्ता लगाउने र नष्ट गर्ने काम पनि गछैन् । सबै खाले खोपहरूले एन्टीबडी र टी सेल दुबैलार्य बलियो पार्ने काम गर्छन् ।

यो खोप सुरक्षित भए पनि यसका साइड इफेक्ट पनि रहेका छन् । तर त्यस्तो खतरनाक भने नरहेको बताइएको छ । उक्त खोप परीक्षणमा सहभागी ७० प्रतिशतमा ज्वरो आउने र टाउको दुख्ने लक्षण पनि देखा परेको बताइएको छ । त्यसलाई प्यारा सिटामोल खाएर नै ठिक गर्न सकिने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

अक्साफोर्ड अनुसन्धान समूहका प्राध्यापक एन्ड्र्यू पोलार्डका अनुसार उक्त खोपबारे थप अनुसन्धान आवश्यक रहेको बताएका छन् । यस्तै अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक साराह गिल्बर्डले उक्त खोपको पहिलो नतिजाले सकारात्मक सङ्केत गरे पनि कोभिड व्यवस्थापन र यो खोप पुष्टि गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताइन् ।

डब्ल्यूएचओले दियो बधाई
कोरोना भाइरसविरुद्ध खोपको सफलतापछि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूलाई बधाई दिएको छ । फैलिँदो सङ्क्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ ।

जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपत्कालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिँदै भने, ‘यो सकारात्मक परिणाम हो । तर अझै लामो यात्रा तय गर्न बाँकी छ ।’ उनले ठुलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन् ।

यस्तै डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले कुनै पनि सफल भ्याक्सिन सबै देशका नागरिकले पाउनु पर्ने बताएका छन् ।