नान्टेस गिर्जाघरको आगलागी प्रकरणमा एक जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नान्टेस गिर्जाघरको आगलागी प्रकरणमा एक जना पक्राउ


४ श्रावण २०७७, आइतबार


पक्राउ

रेनिस, फ्रान्स । फ्रान्सेली अनुसन्धानकर्ताहरुले ऐतिहासिक महत्वको नान्टेस शहरको गिर्जाघरमा काम गर्ने एक व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको बताएका छन् । आगलागीबाट गिर्जाघरमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।

उक्त व्यक्तिले शुक्रबार साँझ गिर्जाघरको ढोका बन्द गरेको स्थानीय जाँच अधिकारी पियर सेनेसले बताए । उनले सोधपुछ गरिएका व्यक्तिको आगलागीमा कुनै संलग्नता थियो भनेर अहिल्यै भन्न कठिन रहेको पनि जानकारी दिए ।

अनुसन्धान अधिकारीहरुले नान्टेस गिर्जाघरमा शनिबार भएको यस आगलागीलाई आगजनीका रुपमा व्याख्या गर्दै अनुसन्धान थालेका छन् । आगलागीबाट सेन्ट पीटर र सेन्ट पलको गोथिक गिर्जाघरका तीन ठाउँमा ठूलो क्षति गरेको छ ।

गत वर्ष सन् २०१९ को अप्रिलमा पनि फ्रान्सकै ऐतिहासिक एवं धार्मिक महत्वको नोट्रेडाम गिर्जाघरमा भिषण आगलागी भएको थियो । उक्त गिर्जाघरको पुनर्निर्माण कार्य जारी छ ।एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस