नेकपा स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित


२ श्रावण २०७७, शुक्रबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ४ गतेका लागि सरेको छ ।

आन्तरिक विवादमा सहमति खोज्न शीर्ष नेताहरुको छलफल भइरहेकाले यसअघि पनि बैठक पटक पटक सर्दै आएको छ । नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले आज बिहान ११ बजेका लागि तोकिएको बैठक आजै अपराह्न ३ बजे बस्ने भनिएकामा पुनः सरेर आइतबार ३ बजे बस्ने तय भएको जानकारी दिए ।

पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, एकताका बाँकी काम, एमसिसी सम्झौता अनुमोदन आदि कार्यसूची स्थायी कमिटीमा राखिएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताहरुबीच विभिन्न चरणमा छलफल चल्दै आएको छ । स्थायी कमिटीको बैठक गत असार १० गतेदेखि शुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस