शीर्ष नेताहरूको वार्ता सकियो, भोलिको स्थायी कमिटी बैठक नरोकिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शीर्ष नेताहरूको वार्ता सकियो, भोलिको स्थायी कमिटी बैठक नरोकिने


१ श्रावण २०७७, बिहिबार


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको शीर्ष नेकपा नेताहरूबिचको वार्ता सकिएको छ । आजको वार्तामा पनि कुनै पनि सहमति हुन सकेको छैन ।

नेकपा भित्रको विवाद सुल्झाउन भन्दै तीन शीर्ष नेताहरूबिच आज पनि वार्ता भएको थियो । यसअघिका वार्तामा अध्यक्षद्वयमात्रै बस्दै आएकामा आज वरिष्ठ नेता माधव कुमार पनि सहभागी थिए ।

आजको वार्तामा माधव नेपाल र प्रचण्डले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेको स्रोतले बताएको छ । वार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

तर आजको छलफल बाट पनि कुनै निष्कर्ष नआएको महासचिव पौडेलले बताए ।

नेकपा विवाद सुल्झाउन अध्यक्षद्वयबीचको वार्ताका लागि भनी पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक भने शुक्रवार हुने भएको छ ।

स्थायी समिति बैठक गत असार १८ गतेदेखि स्थगित हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस