भोटेकोशी बाढीपहिरो पीडित ७३ घरपरिवारलाई राहत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोटेकोशी बाढीपहिरो पीडित ७३ घरपरिवारलाई राहत


३० असार २०७७, मंगलबार


मेलम्ची । बाह्रबिसे नगरपालिकाका बाढी पहिरो पीडित ७३ घरपरिवारलाई नेपाली काँग्रेसले राहत वितरण गरेको छ ।

बाढीपीडित ७३ परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको हो । जम्बुका ३४ परिवार तथा खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न वितरण गरिएको काँग्रेसका स्थानीय नेता युधिर पौडेललले जानकारी दिए ।

बाढीपीडितको घर भोटेकोशी र यान्की खोलाले बगाएपछि उनीहरुलाई गाँसबासकै समस्या हुँदै आएको थियो । काँग्रेसले बाढीपहिरोमा परी आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिएको छ ।

काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे–५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार रु सात हजारको दरले नगद वितरण गरेका थिए । उनीहरूले बाढीबाट पीडित २७ परिवारलाई प्रतिपरिवार रु दुई हजार नगदसहित खाद्यान्न राहत वितरण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस