थप १४४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,९४५ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थप १४४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,९४५


२९ असार २०७७, सोमबार


काठमाडौं । गत २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कोरोना निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।

कोरोना संक्रमणका कारण हालसम्म ३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस