सुर्खेतका एक थुनुवामा कोरोना संक्रमण देखिएपछि हिरासत कक्ष सिल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुर्खेतका एक थुनुवामा कोरोना संक्रमण देखिएपछि हिरासत कक्ष सिल


२८ असार २०७७, आइतबार


सुर्खेत । सुर्खेतका एक थुनुवामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका ती थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो । थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत कक्ष सिल गरिएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा असार १४ गते पक्राउ परेका थिए । उनको २० गते स्वाव संकलन गरिएको थियो । २६ गते पीसीआर पोजेटिभ देखिएको हो । त्यसपछि हिरासत कक्ष सिल गरिएको डिएसपी घर्तीले बताए ।

हाल उनलाई जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेसनमा राखिएको र उनको सम्पर्कमा रहेका आफन्त तथा प्रहरीसहित २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको बताइएको छ । उनी सहति ६ जनाको पीसीआर नेगेटिभ देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस