हाइड्रोपावरमा अर्बौँको क्षति, एक चिनियाँ प्राविधिक बेपत्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हाइड्रोपावरमा अर्बौँको क्षति, एक चिनियाँ प्राविधिक बेपत्ता


२५ असार २०७७, बिहिबार


काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले मध्य भोटेकाशी हाइड्रोपावरमा अर्बौँको क्षति पुगेको छ । गए राति अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति भएको बताइएको छ ।

यसैगरी वर्षासँगै आएको भीषण बाढीमा परी एक चिनियाँ प्राविधिक पनि बेपत्ता भएका आयोजनाका सीईओ मणिकुमार काफ्लेले बताएका छन् ।

आयोजनका मेसिन तथा उपकरण राख्ने भण्डार गृह पनि बाढीले बगाएको बताइएको छ । उक्त भण्डार गृहमा तीनवटा महँगा उपकरण टर्बाइन रनर, जीआइएस र जीटी (जेनेरेटर ट्रान्स्फर्मर)बाहेक सबै उपकरण राखिएको थियो । सबै बाढीले बगाएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस