महिला कुट्ने नगर महिला प्रहरीलाई कारबाही गरिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महिला कुट्ने नगर महिला प्रहरीलाई कारबाही गरिने


२४ असार २०७७, बुधबार


काठमाडौँ । महिलालाई निर्घात कुटपिट गर्ने नगर महिला प्रहरी निर्मला वि.क.लाई कारबाही हुने भएको छ ।

प्रहरीले एक महिलामाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै आठविसकोट नगरपालिकाको कार्यालयले एक विज्ञप्ति जारी गरी कुटपिट गर्ने महिला नगर प्रहरी वि.क.माथि आवश्यक अनुसन्धान सुरु भइसकेको जनाएको हो ।

जेठ १ गते बिहीबारका दिन दिउँसो तीन–चार बजेको समयमा मदिरा सेवन गरी कोरोना भाइरस हेल्प डेस्कमा खटिएका स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्दै सुरक्षाकर्मीहरुमाथि अपशब्द प्रयोग गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीसँग महिला जनशक्ति नभएपछि नगरपालिकाबाट नगर प्रहरी बोलाइएको नगरपालिकाको कार्यालयले जनाएको छ । नियन्त्रणमा लिने क्रममा असामान्य अवस्थाको सिर्जना भई नगर महिला प्रहरीबाट नियन्त्रणमा लिने क्रममा गलत कार्य भएको नगरपालिकाले स्वीकार गरेको छ ।

सम्बन्धित समाचार : प्रहरीद्वारा निर्घात कुटिएकी महिलाको भिडियो भाइरल, कुटपिटमा संलग्न प्रहरी कारबाहीमा

मादक पदार्थ सेवन गरेको भनिएपछि एक जना निःशस्त्र महिलामाथि प्रहरी र नगर महिला प्रहरीबाट गरिएको कुटपिट मानवीय समवेदना नै हराएको अनुभूति देखिन्छ । ती महिलाले गल्ती नै गरेको भए पनि त्यसरी यातना दिनु गैर कानुनी भएको भन्दै नेपाल प्रहरी र नगर प्रहरीको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

त्यसै गरी कुटपिटमा संलग्न प्रहरीहरूमाथि छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस