डा. रुइतको टोलीले गर्‍यो सभामुख सापकोटाको आँखाको शल्यक्रिया « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. रुइतको टोलीले गर्‍यो सभामुख सापकोटाको आँखाको शल्यक्रिया


२४ असार २०७७, बुधबार


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ । आँखामा मोतियाविन्दूको समस्या देखिएका सापकोटाको तिलगंगास्थित आँखा अस्पतालमा आज शल्यक्रिया गरिएको हो ।

वरिष्ठ डा. सन्दुक रुइतसहितको टोलीले बुधबार बिहान १० बजेर ३० मिनेटमा सभामुख सापकोटाको दायाँ आँखाको शल्यक्रिया गरेको हो ।

सभामुख सापकोटाको आँखाको सल्यक्रिया गर्न राज्यकोषमा कुनै पनि व्ययभार नपर्ने गरी सबै खर्च उनी आफैले व्यहोरेको उनको सचिवालयले जनाएको छ ।

शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोली र तिलगंगा आँखा अस्पताल परिवारप्रति सभामुख सापकोटाले आभार व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस