महानगरीय अपराध महाशाखा टेकुबाट बानेश्वर सर्‍यो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

महानगरीय अपराध महाशाखा टेकुबाट बानेश्वर सर्‍यो


२२ असार २०७७, सोमबार


काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट बानेश्वर सरेको छ । उपत्यकाभित्रको अपराध अनुसन्धान गर्दै आएको महाशाखाको कार्यालय अस्थायी रुपमा बानेश्वर सरेको हो ।

नयाँ भवन निर्माण कार्य सुरु भएकाले दुई वर्षका लागि बानेश्वरमा घर भाडामा लिइएको महाशाखा प्रमुख एसएसपी दिपक थापाले प्रशासनलाई बताए । ‘अब बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ रहेको कार्यालयबाट सेवा प्रवाह गरिनेछ’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस