बझाङ पहिरो : उद्धारमा गएको सेनाको गाडी दुर्घटना, तीन घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बझाङ पहिरो : उद्धारमा गएको सेनाको गाडी दुर्घटना, तीन घाइते


२० असार २०७७, शनिबार


धनगढी । बझाङको पहिरोमा परेकाहरुको उद्धारमा गएको नेपाली सेनाको गाडी दुर्घटना भएको छ । केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा पहिरोमा पुरिएकाहरुको उद्धार गर्न गएको सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले बताए।

दुर्घटनामा गाडीमा सवार तीन जना घाइते भएका छन्।

शुक्रबार रातिको अविरल वर्षासँगै पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। प्रहरी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएर मृतयु भएका चार जनाको शव निकालेका छन्।

४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव फेला परेको वडा अध्यक्ष गणेशबहादुर बोहोराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस