पूर्वअधिकृत तथा दोभाषे कुर्मी विरुद्ध विशेष अदालतमा मुद्दा दायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वअधिकृत तथा दोभाषे कुर्मी विरुद्ध विशेष अदालतमा मुद्दा दायर


१९ असार २०७७, शुक्रबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठगी मुद्दामा सहजीकरण गरिदिन्छु भनी सेवाग्राहीसँग घूस लिने जिल्ला अदालत कपिलवस्तुका दोभाषे विश्वनाथ कुर्मी(चौधरी) विरुद्ध शुक्रवार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।

कपिलवस्तु जिल्ला अदालतको शाखा अधिकृत पदबाट अवकाश प्राप्त भई सोही अदालतमा दोभाषेको रूपमा सूचिकृत कुर्मी(चौधरी)ले ठगी मुद्दाको कपिलवस्तु जिल्ला अदालतबाट हुने थुनछेक आदेशको क्रममा धरौटीमा छाड्ने प्रयोजनका लागि सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग दुई लाख घूस लिएको पुष्टि भएपछि आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

उनी विरुद्ध बिगो दुई लाख जरिवाना र कैद सजाय हुन माग दाबी लिई आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ । उनलाई सेवाग्राहीसँग घुस लिँदालिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस