अध्यक्ष दाहाल र राष्ट्रपतिबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अध्यक्ष दाहाल र राष्ट्रपतिबीच भेटवार्ता


१८ असार २०७७, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा कुनै संवाद हुन नसकेपछि अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् ।

यस अघि बिहाबार बिहानै प्रधानमन्त्री ओलीलेपनि राष्ट्रपतिसँग परामर्श गरेका थिए ।

आजको नेकपा स्थायी समिति बैठक पनि कुनै छलफल नगरी केही बेरमै स्थगित भएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठक अन्त्य भएको घोषणा गरेकी हुन् ।

आजै मन्त्रीपरिषद बैठकको निर्णयबाट संसद अधिवेशनको अन्त भएको छ ।

प्रतिक्रिया दिनुहोस