फेरि सुरु भयो टुटल र पठाओ, राइडरलाई अनिवार्य प्रोटेक्टिभ सुट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फेरि सुरु भयो टुटल र पठाओ, राइडरलाई अनिवार्य प्रोटेक्टिभ सुट


१८ असार २०७७, बिहिबार


काठमाडौं । टुटल र पठाओले फेरि सेवा सुरु गरेका छन् । सार्वजनिक यातायात नचलेको अवस्थामा यात्रुहरुलाई सेवा दिन फेरिसेवा सुरु गरिएको टुटलका संख्थापक शिक्षित भट्टले जानकारी दिएका छन् ।

बन्द भएको तीन महिना पनि सेवा पुनः सुचारु गरिएको संस्थापक भट्टले जानकारी दिए । उनले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि सेवा सुरु गरिएको बताए ।

यात्रु शुल्क घटाएको र यो महामारीको अवधिभर राइडरसँग कुनै पनि कमिसन नलिने संस्थापक भट्टको भनाइ छ । त्यस्तै उनले राइडरलाई ग्लब्स, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाएको समेत बताए ।

त्यस्तै पठाओले पनि दैनिक ५० जना राइडरको दरले राइडरलाई अनुमती दिँदै सेवा बढाइ रहेको छ । पठाओले प्यासेन्जर र राइडरको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिँदै सेवा दिइरहेको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् ।

उनले राइडरलाई प्रोटेक्टिभ सुट अनिवार्य गरिएको बताइन् । दिनमा ५० जनालाई बोलाएर सुट वितरण गरिएको र उनीहरुलाई राइडको अनुमति दिने गरिएको उनले बताइन् ।

राइडरलाई प्रोटेक्टिभ सुट, २० ओटा मास्क। सेनिटाइजर दिएको र प्रत्येक यात्रुलाई अनिवार्य रुपमा मास्क लगाउनुपर्ने मापदण्ड बनाएको उनले बताइन् ।

त्यस्तै केही दिनमा मोटरसाइकल स्यानिटाइज गर्ने स्प्रे पनि राइडरलाई उपलब्ध गराउने उनले बताइन् । पठाओको कमिसन र शुल्कमा भने कुनै पनि परिमार्जन नगरिएको हमालले बताइन् ।

प्रतिक्रिया दिनुहोस