पाकिस्तानी सेनाको लेफ्टिनेन्ट जनरलमा पहिलो महिला नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाकिस्तानी सेनाको लेफ्टिनेन्ट जनरलमा पहिलो महिला नियुक्त


१७ असार २०७७, बुधबार


इस्लामाबाद । पाकिस्तानी सेनाको लेफ्टिनेन्ट जनरलमा पहिलो महिला नियुक्त भएकी छन् । मंगलबार मेजर जनरल निगर जोहर लेफ्टिनेन्ट जनरलको रुपमा नियुक्त भएकी हुन् ।

पाकिस्तानी सेनाको इतिहासमै उनी पहिलो तीन तारे जनरल बनेकी छन् । सेनामा सर्जनको रुपमा रहेकी निगर सेनाबाटै दीक्षित बनेकी थिइन् । पाकिस्तानी सेनाका उच्च अधिकारी बबर इफ्तिखरका अनुसार लेफ्टिनेन्ट जनरलमा पदोन्नती हुने उनी पहिलो महिला अधिकृत हुन् । पाकिस्तानी सेनाको एक अधिकृत पहिलो महिला सर्जन जनरलको पदोन्नती भएको छ ।

उनी जोहर रावलपिण्डस्थित पाकिस्तानी सेनाको मेडिकल कलेजबाट १९८५ मा दीक्षित भएकी थिइन् । उनी २०१७ मा पाकिस्तानी सेनाको तेस्रो अधिकृत बनिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस