२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा शीर्ष तहमा विवाद, कार्यकर्ता बलियो एकताका पक्षमा

अ+ अ-

काठमाडौँ । “पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गरौँ । सबैबाट भएका कमीकमजोरी सच्याउने प्रण गरौँ । पार्टी र सरकार दुवैलाई अझ बलियो बनाऔँ ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न किचलोप्रति चिन्ता व्यक्त गर्दै सो पार्टीका कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जालमा गुटफुट र पार्टीभित्रका अवसरवादको विरोध गर्दै आन्तरिक एकताका लागि आह्वान गर्दै भनेका छन्, “दुनियाँ हँसाउने गतिविधि तत्काल बन्द गरौँ ।”

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धन भई स्थायित्व र समृद्धिको लक्ष्यसहित साझा चुनावी घोषणापत्रका आधारमा प्राप्त दुई तिहाइ नजीकको जनमतको सम्मान गर्दै २०७५ जेठ ३ मा दुई पार्टीबीच ऐतिहासिक एकता भई नेकपा गठन भएको थियो ।

पार्टीको एकतामा खलल आउन नहुने जनाउँदै नेताकार्यकर्ताले जीवन्त पार्टीमा छलफल र बहस स्वाभाविक भए पनि सतहमै उत्रिएर आरोपप्रत्यारोप हुनाले त्याग, बलिदान र जनमतको अपमान भएको नेकपा निकट जिल्ला तथा जनसङ्गठनका नेतृत्वकर्ताहरुको भनाइ छ ।

मन्त्रिपरिषद् र स्थायी कमिटीमै रहेका घनश्याम भुसाल, योगेशकुमार भट्टराईलगायत नेताले पनि सार्वजनिक आह्वान गरी संवाद, एकता र विश्वास सिर्जना गर्न आग्रह गरेका छन्।

नेकपाको मङ्गलबारको स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूची प्रभावित भई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भनी दिएको अभिव्यक्तिका विषयमा गर्मागर्मी छलफल भएको थियो । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भनी अभिव्यक्ति दिएका विषयमा छलफल हुँदा प्रधानमन्त्री ओलीको राजीनामाको विषय पनि उठेको थियो ।

यसैगरी निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ताका लागि निवेदन परेका विषयमा नेकपाका नेताकार्यकर्ताको संलग्नता छ÷छैन भन्नेमा छलफल चलेको थियो । यही असार १० गते शुरु भएको नेकपाको स्थायी कमिटी बैठक आज पनि जारी छ ।

नेकपाको विद्यार्थी फाँटको जनसङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का संयोजक ऐन महरले पार्टीका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य शीर्ष नेताबीच देखिएको विवाद आफूहरुलाई प्रिय नलागेको बताए । संयोजक महरले भने, “स्थायी कमिटीको बैठकमा उठेका कुराहरुले स्तब्ध बनाएको छ । जनताको विश्वासप्राप्त, त्यत्रो त्याग र बलिदान गरेका नेताहरुको कचिङ्गलले सबैलाई निराश बनाएको छ । उनीहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । पार्टीको एकतालाई बलियो बनाएर बाँकी कार्यभार पूरा गर्न लाग्नुपर्छ ।”

उनले स्थायित्व र समृद्धिको नारासहित अध्यक्ष ओलीको अगुवाइमा निर्वाचन जितेको र अहिले उनै प्रधानमन्त्रीको राजीनामा माग्नु गलत र जनमतको उपहास हो भन्दै शीर्ष नेताहरु आपसमा बसेर विवाद मिलाउन र मिल्न नसके नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे।

नेकपाको अर्को जनसङ्गठन जनसांस्कृतिक महासङ्घ नेपालका सहसंयोजक सरल सहयात्रीले नेकपामा मात्र नभई कम्युनिष्ट आन्दोलनमै व्यक्तिवादी सोच हावी हुँदै आएकाले सिद्धान्ततः राम्रो भए पनि व्यक्तिगत टकरावका कारण आन्दोलन जोखिममा पर्ने भएकाले समस्याको समाधानका लागि विधिसम्मत छलफल गर्नाको विकल्प नभएको प्रतिक्रिया दिए । स्रष्टा सहयात्रीले भने, “आपसी विवादलाई पार्टी फुट वा सम्पत्ति बाँडफाँटका रुपमा लिइनु दरिद्र सोच हो । पार्टीमा विधिकेन्द्रित छलफल हुनुपर्छ । समझदारीबाट समाधान नभए अल्पमत÷बहुमतबाट पनि निकास निकाल्न सकिन्छ ।”

नेकपाको डडेल्धुरा जिल्ला कमिटीका कार्यालय सदस्य धनबहादुर साउदले पनि पार्टीको उच्च नेतृत्वमा देखिएको विवादले आफूलाई दुखित तुल्याएको जनाउँदै जिल्लास्तरका कार्यकर्ताहरु पार्टीमा अझ बलियो एकताका पक्षमा रहेको बताए । उनले सरकार र पार्टीको समन्वय हुनुपर्नेमा जोड दिए ।

विवादका नयाँ विषयका कारण पूर्वनिर्धारित नेपालको सीमा समस्या र समाधान, कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार, सरकार तथा पार्टीको कामकारवाहीको विषय स्थायी कमिटी बैठकमा प्रवेश हुनेछ ।

बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम, अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) लगायत कार्यसूची पछि परेका छन् ।