‘त्रैलोक्यनाथ शिक्षा पुरस्कार’ शिक्षक मासिकलाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘त्रैलोक्यनाथ शिक्षा पुरस्कार’ शिक्षक मासिकलाई


१४ असार २०७७, आइतबार


काठमाडौँ । काठमाडौँ विश्व विद्यालय अन्तर्गतको त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रले रु एक लाख राशिको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार’ यस वर्ष शिक्षक मासिकलाई दिने भएको छ ।

सो शिक्षा केन्द्रका अध्यक्ष एवं विश्व विद्यालयका संस्थापक उपकुलपति डा सुरेशराज शर्माका अनुसार नेपालको सार्वजनिक शिक्षाको स्तरवृद्धिका निम्ति शिक्षक मासिकले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरी पुरस्कार दिने निर्णय गरिएको हो ।

रु एक लाख नगद र सम्मानपत्र सहितको यो पुरस्कार हरेक दुई–दुई वर्षमा दिने गरिन्छ ।

दिवङ्गत शिक्षाविद् तथा फ्रान्सका लागि पूर्व नेपाली राजदूत उप्रेती विसं २०१० मा गठित पहिलो शिक्षा आयोगमा सदस्य सचिवका रूपमा नेपालको शैक्षिक योजना र विकासको जग निर्माणमा क्रियाशील थिए ।

शिक्षकहरूको मनोबल र दक्षता वृद्धि एवं शिक्षासम्बन्धी पछिल्ला सीप, प्रविधि र चिन्तनहरूमा शिक्षकको पहुँच बढाई सार्वजनिक विद्यालयको शिक्षण–सिकाइमा योगदान गर्ने उद्देश्यले विगत १३ वर्षदेखि सो पत्रिका नियमित रूपमा प्रकाशित हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस