पास बनाउन तीन हजार घुस लिने लेखापढी व्यवसायी पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पास बनाउन तीन हजार घुस लिने लेखापढी व्यवसायी पक्राउ


९ असार २०७७, मंगलबार


अख्तियार

काठमाडौँ । पास बनाउन घुस लिएको आरोपमा लेखापढी व्यवसायी खेमराज सापकोटा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन हजार रुपैयाँ घुससहित उनलाई जिल्ला प्रशासन कार्यालयछेउबाट पक्राउ गरेको हो ।

धनकुटा जानका लागि पास उपलब्ध गराइदिने भन्दै घुस लिएका उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारीमाथि समेत छानबिन थालिएको आयोगले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोर्सफोर्स हुनेलाई सजिलै पास दिने तथा अत्यावश्यक काम परेकालाईसमेत नदिने गरेको गुनासो आएपछि आयोगले स्टिङ अप्रेसन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस