पाल्पा । पाल्पामा गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । रामपुर नगरपालिका १० वरभञ्ज्याङमा शुक्रबार राति वीरबहादुर सुनारको गोठमा बाँधेर राखेको गोरु नजिकैको जंगलमा लगेर काटेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामपुर १० वरभञ्ज्याङ्गका २५ वर्षीय प्रेम सुनार, सोही ठाउँका १९ वर्षीय दामोदर सुनार र १९ वर्षीय नारायण सुनार छन् ।
आइतबार मात्रै उक्त घटना भएको सूचना पाएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अभियुक्तहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए । घटनाबारे अनुसन्धान भइरहेको छ ।







