२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्दाबन्दीमै पाए २१४ जनाले रोजगारी

अ+ अ-

गलकोट । बागलुङ नगरपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१४ जनाले रोजगारी पाएका छन् । कोरोना सन्त्रासका बीच जारी बन्दाबन्दीमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम जेठ पहिलो सातादेखि शुरु भएको थियो ।

सो कार्यक्रमअन्तर्गत पदमार्ग, गोरेटो बाटो, सडक मर्मत तथा सिँचाइ कुलो निर्माण गरिएको छ । बाहिरबाट कामदार नल्याई स्थानीयलाई नै रोजगारी प्रदान गरी विकास निर्माणका काम गरिएको नगरपालिकाका रोजगार संयोजक सविता शर्माले जानकारी दिए । “१४ मध्ये केही वडामा कार्यक्रम सम्पन्न भइसकेको छ, केही वडामा अन्तिम चरणमा छ”, शर्माले भने “नगरमा यो वर्ष २१४ जानले रोजगारी पाए, बन्दाबन्दीमै रोजगार पाउदा वेरोजगार भएकाहरुलाई राहत भएको छ ।”

राहत वितरण भन्दा रोजगार कार्यक्रमअन्तर्गत सामाजिक दूरी कायम गरी काममा लगाउने निर्णयअनुसार रोजगारी दिइएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । नौ नम्बर वडाले पेश गरेको प्रस्तावना रोजगारी सिर्जना गर्न नमिलेको भन्दै अस्वीकृत भएको हो । नगरपालिकाको बेरोजगार सूचीमा दुई हजार ३५० जना सूचीकृत छन् । अति विपन्न तथा परिवारनै बेरोजगार भएकालाई प्राथमिकता दिइएको छ । बन्दाबन्दीमा काम पाउँदा कामदारहरु हर्षित भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकालाई प्राप्त रु ३६ लाख २६ हजारको बजेटबाट ७५ प्रतिशत श्रमिकलाई ज्याला र २५ प्रतिशत निर्माण तथा मजदुर सुरक्षा सामग्रीमा खर्च गरिने कार्य विधिमा उल्लेख छ ।